आज देशका थोरै स्थानमा हल्का वर्षा हुने, उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना

लोकपथ
112
Shares

काठमाडौं । आज देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?