एजेन्सी :लगानी गुरूको रूपमा विश्वप्रख्यात फोब्र्स म्यागजिनका आधारमा विश्वका सर्वाधिक तेस्रा धनी अर्बपति वारेन बफेटले डिजिटल मुद्राको रूपमा बुझिएको क्रिप्टोकरेन्सी बिटक्वोइनमा गरिने लगानी प्रति नकारात्मक टिप्पणी गरेका छन् ।
बफेट बिटक्वोइनमा लगानी गर्न अझ विश्वस्त हुन सकिरहेका छैनन् । सीएनबीसीका बेकी क्विकका अनुसार बफेटले बिटक्वोइनको लगानीबारे नकारात्मक टिप्पणी गरेका हुन् ।
बफेटले बिटक्वोइनको लगानीलाई दिन दुना रात चौगुना हुँदै गरेको मूसाको जहर भएको बताएका हुन् । बेकी क्विकले बफेटको ट्विटर एकाउन्ट वारेन बफेटबाट यस्तो ट्विट गरेकी िछन –“अन बिटक्वोइन जस्ट नाउः इट्स प्रोबबलि र्ृयाट पोइजन स्क्वायर्ड” ।
बफेट द बर्कशायर हाथवे २०१८को वार्षिक साधारण सभा बैठकमा शनिबार बोल्दै यस्तो टिप्पणी गरे । यसअघि जनवरीमा बफेटले बिटक्वोइनबारे लगानीकर्तालाई चेताएका थिए ।
उनले त्यतिखेर सीएनबीसीलाई दिएको एक अन्तर्वार्ताका क्रममा बिटक्वोइनमा लगानी नगर्न सतर्क गराएका थिए ।
हाथवेका अध्यक्ष तथा प्रमुख कार्यकारी बफेटले भने “क्रिप्टोकरेन्सीका बारेमा समान्यरूपमा भन्नु पर्दा करिब करिब निश्चितरूपमा यसको अन्त्य नराम्रो हुनेछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया