रामग्राम नगरपालिकाले ल्यायो एेन र कार्यविधी

नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कार्यसञ्चालनका लागि अावश्यक सात वटा ऐन र कार्यविधि तयार गरेको छ । नगरपालिकाले गर्ने हरेक गतिविधिलाई ऐन नियमअनुसार अघि बढाउन तत्कालका लागि आवश्यक ऐन र कार्यविधि तयार गरेको हो । 

जसअनुसार ऐनतर्फ शिक्षा, सहकारी र नगरपालिकाको प्रशासकीय ऐन लगातका छन् भने कार्यविधितर्फ स्थानीय राजपत्र प्रकाशन कार्यविधि, एफएम रेडियो सञ्चालन कार्यविधि, आर्थिक कार्यविधि र घ वर्गको निर्माण व्यवसायी कार्यविधि रहेका छन् । 

तयार पारिएका ऐन र कार्यविधि तत्काल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा लैजान अन्तिम तयारी गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?