उद्धघोष

पिपला ढुंगाना  

प्रेमको आँधिहुरिमा
सिमलको सेतो भूवा उडाएर,
पहाड छिचोल्दै फर्केपछिका ढाक्रेहरु जस्तै
जिवनको एउटा पहाड
मैले पनि काटेको छू

एउटा सुन्दर संसारको परिकल्पनामा
गन्तव्य पछ्याऊँदै उडिरहेको चखेवा
शिकारिको जालमा फसेजस्तो,
उर्लदो खहरेको वेगलाई
पहाडले छेके जस्तो
साँच्चै पिंजडा भित्रको सुगा जस्तै लाग्छ
तिमीले र मैले पार गरिरहेको क्षितिज ।

मान्छेलाई मान्छेले मान्छे बनाएपछि
खै कुन देवताको अस्थित्व
कुन मन्दिरमा साँघुरियो थाहा छैन
कुन मन्दिरमा कैदि भगवान
अझै पनि तिम्रो र मेरो भाग्यरेखा कोरिरहेछ?

हिमालको चट्टानलाई बन्दी बनाउँदैमा
पहाडको खोच भएर बग्ने हिमनदिमा
खै कुन कल्पवृक्षले प्राण संचित गर्न नसक्ला र ?
हो म त्यहि कल्पवृक्ष जस्तै
तिम्रा यादहरुको हिमनदिमा हुर्कदैछु ।

तर
कोइलीले हाम्रो प्रेमको चर्चा नगरेजस्तो
झरनामा प्रेमिल घ्वनि नगुञ्जिएझैँ

जस्तो
रोमको वाँसुरिमा लैला र मजनु
प्रिय सखा जन्जिरले वाँधिएको समयसँग
एउटा युद्ध शुरु गर्दैछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?