एजेन्सी : स्विटजरल्यान्डको सेन्ट ग्यालर क्यान्टोनालबैक(एसजीकेबी)मा ५ रोबोटलाई ७ जना मानिसको काम गर्ने गरी जिम्मेवारी दिइएको छ । यी ५ रोबोटलाई ७ जना कामदारको काम गर्न कुनै ब्रेक चाहिँदैन् । लगातार बैंकलाई सेवा उपलब्ध गराइरहन्छन् ।
बैकले यो महिनाको अन्त्यसम्म अझ रोबोट राख्ने निर्णय गरेको छ । गतवर्ष सार्वजनिक भएको एक रिपोर्ट अनुसार १३ वर्ष भित्र ८० करोड मानिसलाई रोबोटले विस्थापन गर्नेछ ।
तर बैंकका महासचिव एड्रिन कुन्जले हाल मानिसले गर्ने रोजगार रोबोटले विस्थापित नगरेको बताए ।
बैंकका केही प्रवन्धकहरूका अनुसार रोबोटको प्रयोग भएपछि उनीहरूको रोजगार गुम्ने चिन्ता छ ।एजीकेबीका पदाधिकारीहरूका अनुसार वित्तीय क्षेत्रको सेवाका लागि स्वचालन अहिले बहसको विषय बनेको छ ।
कृत्रिम बौद्धिकतासहितको रोबोटले श्रमबजारमा आफ्नो हिस्सा बढाउने भएपछि विभिन्न क्षेत्रका करोडौ मानिसको रोजगार जोखिममा पर्न गएको नोभेम्बरमा सार्वजनिक एक रिर्पोटले जनायो ।
रिपोर्टले अहिलेको रोजगार रोबोटले खाएपछि नयाँ क्षेत्रमा रोजगार सिर्जना हुन सक्ने जनाएको छ ।
्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया