काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गर्ने भएको छ ।
बैंकले संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गर्ने सूचना जारी गरि लिलामीबाट संस्थापक सेयर बिक्री गर्ने बाटो निकालेको छ ।
सेयर रुपान्तरणको सूचना बैंकले निकालेको हो वा हैन हामी भन्न सक्दैनौ, तर बैंकको संस्थापक सेयर लिलामीका बेला सेयर सकार्नेहरु अघि आउने देखिन्छ ।
बैंकको हाल कायम भएको चुक्त पूजी १० प्रतिशत संस्थापक सेयर साधारण सेयरमा रुपमन्तरण गर्ने भएको छ ।
त्यस्तै बैंकले केही पहिला अगाडी निष्काशन गरेको ४० प्रतिशत हकप्रदमा विक्री नभएको झण्डै २५ लाख कित्ता सेयर लिलाम पश्चात चुक्त पूँजी ८ अर्ब २४ करोड पुग्ने अनुमान गरिएको छ ।
उक्त सेयर मध्ये अहिले संस्थापकको हिस्सा ६१.३१ प्रतिशत र सर्वसाधारणको ३८.६९ प्रतिशत छ ।
यसलाई ५१ अनुपात ४९ बनाउन बैंकले १०.३१ प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्न लागेको हो । जस अनुसार बैंकले झण्डै ८५ लाख कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण गर्नेछ ।
बैंकले सूचना मार्फत सेयर रुपान्तरण गर्न तयार भए नभएको सम्बन्धमा बैंकलाई जानकारी गराउन ३५ दिनको समायावधी तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया