काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छिन् ।
बुधबार (आज) बस्ने प्रदेशसभाको बैठकमा सम्बोधनपछि राजीनामा दिने तयारी गरेको एक सांसदले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री शाक्यले सकेसम्म प्रक्रियामा नै जाने नभए राजीनामा दिने तयारी रहेको ती सांसदको दाबी रहेको छ । ‘सकेसम्म प्रक्रियामा नै जाने नभएमा राजीनामा दिने तयारी रहेको छ ।’ ती सांसदले भनिन् ।
गत भदौ २४ गते मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतमाथि आज छलफल हुँदैछ । एक बजेका लागि बोलाइएको बैठक अझैसम्म चल्न सकेको छैन ।
अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले राजीनामाको तयारी गरेकी हुन् । त्यससँगै विपक्षी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका लागि सिफारिस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया