करिष्मा कपुर भन्छिन् : आइ लभ नेपाल (भिडियोसहित)

काठमाडौं । एक समयकी बलिउड चर्चित नायिका करिष्मा कपुर नेपाल आएकी छिन् । उनी काठमाडौंको दरवार मार्गमा ‘मेरीगोल्ड (सयपत्री) ज्वलर्स’को नयाँ शाखा उद्घाटन गर्न नेपाल आएकी हुन् । करिष्मा उक्त ज्वलर्सको उद्घाटनको लागी मात्रै नेपाल आएको श्रोतको भनाई छ । 

श्रोतका अनुसार उनले ज्वलर्स उद्घाटन गरेको मात्रै २५ लाख नेपाली लिएकी थिइन् । ज्वलर्सको उद्घाटन पश्चात उनले भनिन्, ‘मलाई सगरमाथाको देशमा बोलाउनु भएकोमा आयोजकलाई धन्यवाद दिइन’ उनले भनिन् ‘यस्तो मौका फेरीफेरी पनी मलाई जुराई दिनु होला । मलाई नेपाल एकदमै मनपर्छ ‘आई लभ नेपाल’, मलाई नेपाल एकदमै मनपर्छ ।’


 ज्वलर्स र मेरोबीच केहि समानता मिल्ने करिष्माले बताइन् । म बलिउडको चौथो पुस्ताको नायिका भएको र यो ज्वलर्स पनी चौथो पुस्ताले चलाई रहेकोले पनि म यो ज्वलर्सको शाखाको रिवन काट्न नेपाल आएको बताइन् । मेरिगोल्ड सयपत्री ज्वलर्सकी सञ्चालक ज्योत्सना श्रेष्ठले ग्राहकको मायाले गर्दा आफुहरुले इन्द्रचोकको शाखा दरबार मार्गमा खोल्न सफल भएको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?