‘डमरुको डन्डीबियो’ हेरेर डा. शंशाक कोइरालाले भने: रमाइलो लाग्यो

काठमाडौं । शुक्रबार देखि सार्वजनिक प्रर्दशनमा आएको चलचित्र 'डमरुको डन्डीबियो' ले औसत प्रतिक्रिया पाएको छ । अर्कातिर फिल्म हेर्न शीर्ष नेता पनि हलसम्म आएका छन् । लोपोन्मुख डन्डीबियो खेलमाथि सिनेमा निर्माण गरिएको यो सिनेमालाई नेपाली काँग्रेसका महामन्त्री डाक्टर सशांक कोइराला र केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मिनेन्द्र रिजालले हेरेका छन् ।

सिनेमाको चर्चा परिचर्चा र विषयवस्तुले आफुलाई हलसम्म तानेर ल्याएको कोइरालाले बताए । ठमेल स्थित क्युएफएक्स छायाँ सेन्टरमा डन्डीबियो हेरेका कोइरालाले भने आफुले बाल्यकालमा विराटनगरमा डन्डीबियो खेलेको समयलाई ताजा बनाइदिएको बताए । साथै उनले यो सिनेमा निर्माणले डन्डीबियो खेलको महत्व बढेको बताए । डन्डीबियोलाई आफुले पुन:डन्डीबियोलाई राष्ट्रिय खेल  बनाउन प्रतावका साथै पहल गर्ने बताए ।

यस्तै पूर्वमन्त्री रिजालले भने यो सिनेमाले राम्रो नेपाली मौलीक कथावस्तु उठान गरेको भएपनी सिनेमा राम्रो बनेको बताए । 'यस्तो मौलिक विषय बस्तु उठाउनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद', उनले भने ।

छेतेन गुरुङले निर्देशन गरेको सिनेमालाई विनोद गुरुङ र नोर्वु छिरिङ्ग घलेले निर्माण गरेका हुन । सिनेमामा खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, अंकित खड्का, अशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । हरी हुमागाईले छायाँकन गरेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?