काठमाडौं । साहस उर्जा कम्पनीको साधारण सेयर (आईपीओ) आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
योसँगै आगामी आइतबारबाट कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि १३५ रुपैयाँ ११ पैसादेखि अधिकतम ४०५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । कम्पनीले कारोबारका लागि SAHAS सिम्बोल प्राप्त गरेको छ ।
कम्पनीले गत असोज ६ गतेदेखि १० गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया