काबुल : अफगानिस्तानका विभिन्न प्रान्तका छुट्टाछुट्टै इलाकामा वितेका २४ घण्टाभित्र सरकारी पक्षले गरेको भिषण हवार्इ अाक्रमणमा ४९ जना बिद्रोही मारिएका छन् । अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको हाे ।
अफगानिस्तानमा पछिल्लो समयमा हिंसा बढेको समाचारमा जनाइएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी समूहको एक आखाडालक्षित हवाई आक्रमणमा कम्तीमा १८ तालिबान आतङ्ककारी मारिनुको साथै १४ जना घाइते भएका जनाइएको छ ।
त्यस्तै, छिमेकमा पर्ने कान्दाहार प्रान्तको मरुफ जिल्लामा भएको यस्तै कारबाहीमा परी नौ तालिबान आतङ्ककारी मारिनुको साथै सात घाइते भएका बताइएको छ । यसैगरी, जाबुल प्रान्तको डेचोपान जिल्लामा भएको हवाई आक्रमणमा परी १० आतङ्ककारी मारिएका छन् ।
अफगानिस्तानमा हवाई कारबाहीमा अफगान सुरक्षा बललाई अमेरिकी र नेटो सैनिकले सहयोग गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया