एजेन्सी :एसियाली बजारमा तेलको मूल्य ७० अमेरिकी डलर माथि पुग्यो । तेलको मूल्यमा आएको यो बृद्धि सन् २०१४ यता पहिलो पटक उँचाइ पाएको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१५को इरान परमाणु सम्झौतालाई परित्याग गर्ने अपेक्षा व्यापक भएपछि यो मूल्य बढने देखिएको छ ।
सो सम्झौता अनुसार इरानले बढी भन्दा बढी कच्चा पदार्थको निर्यात गर्न पाउने अनुमति पाएको हो ।सोमाबर नोभेम्बर २०१४यता अमेरिकी क्रुड बेन्चमार्क पहिलो पटक ७० अमेरिकी डलरमाथि पुग्यो ।
तेल उद्योग विश्लेषक भिक्टर शुमले भने “ अमेरिकी राष्ट्रपतिले इरान परमाणु सम्झौताको भविष्यलाई थन्काएर राखिरहेकाले तेलको मूल्यमा यो बृद्धि देखिएको हो ।”
इरानको तेल निर्यातमा केही बाधा हुने देखिएकाले यो बृद्धि भएको हो । मे १२सम्म ट्रम्पले इरानमाथि नाकाबन्दी लगाउने हो खुला गर्ने हो त्यसबारे निर्णय गर्नेछन् । इरानमाथिको नाकाबन्दीले दैनिक १० लाख ब्यारल तेल आपूर्ति गर्न कठिनाइ हुनेछ ।
युरोपेली युनियनले ट्रम्पलाई इरान परमाणु सम्झौताबाट पछि नहटन आग्रह गरिरहेकोछ । ट्रम्पले इरान विरूद्ध थप नाकाबन्दी लगाउने अभिव्यक्ति दिँदै आएकाले इरानलाई तेल निर्यात गर्न समस्या हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया