एजेन्सी: विश्वमै सबैभन्दा बढी पारिश्रमिक पाउने अभिनेत्री घर जग्गाको कारोबारमा संलग्न भएकी छिन् ।
सबै भन्दा बढी पारिश्रमिक पाउने अभिनेत्री जेनिफर लरेन्सले रियल इस्टेटको व्यवसाय शुरू गरेको जनाइएको छ ।
फोब्र्सका अनुसार जेनिफरले ४ करोड ६०लाख अमेरिकी डलर बराबर रहेको छ । उनी घरजग्गाको कारोबारमा पनि संलग्न रहेकी छिन् ।
जेनिफरले सान्टा मोनिकास्थित भवन कन्डोलाई हालै बेचेकी छिन् । त्यसमा उनको मुनाफा २लाख ८० हजार अमेरिकी डलर बराबरको भएको अनुमान छ ।
ओस्कर पुरस्कार जित्न सफल अभिनेत्री जेनिफरले सन् २०१२मा सिल्भर लाइनिंग प्लेबुक नामक रोमान्टिक कमेडी फिल्मको भूमिकाका लागि ओस्कर पुरस्कार प्राप्त गरेकी थिइन् ।
सन् २०१४मा उनको पारिश्रमिक ७० लाख अमेरिकी डलर भन्दा बढी थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया