लाग्यो तिहार, भाइमसला बेच्न सुरु, बजारमा छैन रौनक (फोटोफिचर)

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएको छ । तिहार नजिकिएसँगै बजारमा विभिन्न प्रकारका भाइमसलाहरूको बिक्रीवितरण सुरू भएको छ ।

भाइमसलामा काजु, किसमिस, ओखर, छोगडा, नरिवललगायत ‘ड्राइ फ्रुट्स’ हरू हुन्छन् । जसलाई भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई पूजा गरी दिने गर्छन् ।

साधारणतया फुटपातमा ५०,  एक सय र १ सय ५० रूपैयाँ पर्ने मसलाको प्याकेट बेच्न राखिएका छन्। त्यस्तै पसलमा भने किलोको आधारमा मसला किन्नेको संख्या अधिक हुने गर्दछ । बजारमा अघिल्ला वर्षहरूमा जस्तै भीडभाड र व्यापार भने नहुने व्यापारीहरूको आकलन छ ।

हेरौँ फोटो फिचर

 

तस्बिर : राजेश खाती

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?