पुटिन चाैथोपटक रूसको राष्ट्रपति, सपथ लिए

मस्को : भ्लादिमिर पुटिनले रूसी राष्ट्रपतिको हैसियतमा चौँथो पटक सपथ लिएका छन् । 

सपथपछि पुटिनले रूसको संविधानमाथि हात राख्दै देशका लागि सम्भव हुनै सबै कुरा गर्नु अाफ्नो कर्तव्य र जीवनको लक्ष्यक भएको बताएका छन् । अाफ्नो नयाँ कार्यकालमा मुख्यगरी रूसी जनताको जीवनस्तर उकास्ने, अर्थतन्त्रलार्इ पुनर्जीवन दिने र वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने पुटिनले प्रतिबद्दता जनाएका छन् । 

पुटिन रूसमा जोसेफ स्टालिनपछि सबैभन्दा लामो समय कार्यकारी जिम्मेवारी लिने व्यक्ति बनेका छन् । पैसठ्ठी वर्षीय पुटिनले यस बर्षको मार्चमा भएको निर्वाचनमा झण्डै ७७ प्रतिशत मत प्राप्त गरी  राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

करिब दुई दशकदेखि रूसी नेतृत्वमा रहेका पुटिनले आगामी छ वर्षसम्म रूसको शासन व्यवस्था सम्हाल्नेछन् । पश्चिमा प्रतिस्पर्धीहरूसँग तनाब चर्किरहेका समय जिम्मेवारी सम्हालेका पुटिनले उनीहरूसँगको सम्बन्धलाई गाढा बनाउन नसकेको भएपनि उहाँले जिम्मेवारी सम्हाल्ने समयको तुलनामा केही शान्त बनाउन खोजेका छन् ।

दुई दशक पहिले रूसको कटु आलोचना गर्ने कतिपय मुलुकहरूले पछिल्ला वर्षहरूमा रूसको उपस्थितिलाई कूटनीतिक मञ्चहरूमा सहर्ष स्वीकार गर्न लागेका छन् । यसको अर्थ रूसको सम्बन्ध विश्वसमुदायसँग विश्वयुद्ध पहिलेको अवस्थामा भने पुगेको छैन । 

सपथ ग्रहणका लागि आयोजित समारोहमा आउँदा पुटिनले यसअघि तीन पटकसम्म विश्वका केही अति आरामदायी कारमध्ये एक मानिने स्वदेशी मर्सेडिज कारको प्रयोग गरेका थिए । पुटिनले यसपटक भने रूसी सिनेट लिमोसाइन कारको प्रयोग गर्नुभएको छ । 

प्रधानमन्त्रीमा मेदभेदेभलाई प्रस्ताव 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्रीका रूपमा लामो समयदेखि अाफु निकट रहँदै अाएका निवर्तमान प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालमा लाने प्रस्ताव गरेका छन् ।

राष्ट्रपति पुटिनले रूसी संसदमा निवर्तमान प्रधानमन्त्री मेदभेदेभलाई नयाँ प्रधानमन्त्री बनाउन आग्रह गरेका हुन् । मेदभेदेभको प्रधानमन्त्रीको उम्मेदवारीलाई सहज स्वीकार गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्ने कानूनी आधार पास गर्न रूसी संसद (डुमा)लाई पुटिनले अाग्रह गरेको रूसी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?