एजेन्सी :मानव अधिकारको वकालत गर्ने संस्था ह्युमन राइटस वाचले बेपता पारिएकी राजकुमारी शेख लातिफाबारे जानकारी दिन दुबई प्रशासनलाई आग्रह गरेको छ ।जानकारी अनुसार दुबई शासककी छोरी शेख लातिफाले मार्च महिनामा देश त्याग गर्ने प्रयास गरेकी थिइन् ।
देश छोडनको उद्देश्य दुबईकी राजकुमारी आफ्नो जीवन आफूले चाहे बमोजिम बिताउनु रहेको थियो । केही मानिसहरूका अनुसार उनका विलासी सामान भरिएको पानी जहाज नोस्ट्रोमो भारतको तटीय क्षेत्रमा देखिएको थियो । त्यसपछि त्यो पानी जहाँज पुनः दुबई लगिएको थियो ।
यस पछि राजकुमारीलाई सार्वजनिकरूपमा कतै देखिएको छैन । दुबई प्रशासनले कानुनी समस्याले गर्दा यसबारे कुरा गर्न नसकिने जनाएको छ । ह्युमन राइटस वाचले दुबईले राजकुमारीको स्थान र उनको कानुनी हैसियतबारे जानकारी दिनुपर्ने माग गरेको छ ।
दुबईले राजकुमारीको भौतिक उपस्थितिबारे जानकारी गराउन नसकेको अवस्थामा उसले राजकुमारीलाई बलपूर्वक बेपता बनाएको मानिने वाचले जनायो । दुबई प्रशासनले जनाए अनुसार राजकुमारी अपराधिक रेकर्डकी भएकी छिन् ।
शेख लातिफ दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतूमकी छोरी हुन् । जानकारी अनुसार देश छोडन खोजेका बेला उनलाई पक्राउ गरिएको हो । न्यूजनाइटमा प्रसारित कार्यक्रमका अनुसार दुबईकी राजकुमारीलाई देशबाट भाग्न एक पूर्व फ्रान्सेली जासुस र फिनल्यान्डका एक मार्सल आर्ट प्रशिक्षकले सहयोग गरेका हुन् ।
राजकुमारीले सार्वजिनक गरेको एक भिडियो सन्देशमा उनले आफ्नो हत्या हुन सक्ने आंशका व्यक्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया