कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँडलाई

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँड दिइएको छ।

प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि  (कोप–२६) पक्षको २६ औँ सम्मेलनको ‘वर्ल्ड लिडर समिट’का लागि आज शुक्रबार बेलायत जाँदै छन्। प्रम देउवाले आफूपछिका वरिष्ठतम मन्त्री हुन् गृहमन्त्री खाँडलाई कार्यबाहकको जिम्मेवारी दिएका हुन्।

उनी कार्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?