मध्यभोटेकोशीको आईपीओ बाँडफाँट, सेयर हात पार्ने भाग्यमानी कति ?

लोकपथ
3.3k
Shares

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ आज (शुक्रबार) गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो । गोलाप्रथाबाट बाँडफाँट गर्दा ८ लाख १९ हजार भाग्यशाली आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीको आईपीओ कुल २३ लाख ९० हजार २१८ आवेदकले कुल ३४ करोड ४१ लाख ८३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए । कुल आवेदनमध्ये २२ लाख ९४ हजार ४९६ आवेदकको आवेदन सदर भएको छ भने बाँकी ९५ हजार ७२२ आवेदकको आवेदन रद्द भएको छ । योग्य २२ लाख ९४ हजार ४९६ आवेदकलाई बाँडफाँट गर्दा १४ लाख ७५ हजार ४९६ जनाको हात खाली भएको छ भने ८ लाख १९ हजार भाग्यशाली आवेदकले १० कित्ताका दरले सेयर हात पारेका हुन् ।

कम्पनीले गत असोज २० गतेबाट असाेज २५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ बिक्री गरेको थियो । कुल कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरी ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

आईपीओको नतिजा केहि समयपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे वेवसाइट https://iporesult.cdsc.com.np/, ग्लाेबल आईएमइ क्यापिटलकाे वेभसाइट https://www.globalimecapital.com/, मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकाे वेभसाइट http://mbjcl.com.np/site/index.php र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?