बार एसोसियसनको बैठक : आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै

काठमाडौँ- आन्दोलनको कार्यक्रम तय गर्न बसेको कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसियसनको बैठक जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा नदिने अडान राखेपछि बारले आन्दोलनको थप कार्यक्रम घोषणा गर्न लागेको हो।

बारका महासचिव लिलामणि पौडेलका अनुसार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रमको तयारी गर्न बार एसोसियसनको बैठक बस्न लागेको हो। यसअघि गत मंगलबार बसेको समितिको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनका लागि सुझाव दिएको थियो ।

प्रधानन्यायाधीश जबराले न्यायपालिकाको नेतृत्व गर्न असक्षम रहेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशसमेत उनले तोकेको इजलासमा बसेका छैनन् । राणा र न्यायाधीशहरु आ-आफ्नै एजेन्डामा रहेका कारण आइतबारदेखि जारी अवरोध कायमै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?