काठमाडौँ- सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि समावेश भएको छ । विश्वका पर्यटकीय गन्तव्यका विषयमा जानकारी दिने ट्राभल गाइड बुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यको सूचीमा नेपाललाई ८औँ नम्बरमा राखेको छ ।
सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ भने दोस्रोमा नर्वे तथा तेस्रोमा मोरिसस छ । चौथोमा बेलिज, पाँचौँमा स्लोभानिया, छैटौँमा एंगुइला, सातौँमा ओमान, आठौँमा नेपाल, नवौंमा मलावी र दशौँमा इजिप्ट रहेको छ ।
लोन्ली प्लानेटको सूचीमा नेपाल उत्कृष्ट १० भित्र पर्नु सुखद भएको र यसले कोरोनाबाट थलिएको नेपालको पर्यटन क्षेत्रले गति लिने व्यवसायीको विश्वास छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया