काठमाडौं- सर्वोच्च अदालतमा वकिलहरूबीच नै कुटाकुट भएको छ।
वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच भनाभन बढ्दै गएपछि कुटाकुट भएको हो । काठमाडौं बारका अधिवक्ता समेत रहेका विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई कुटेका हुन् ।
चुडालले आफू मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले एक्कासि कुटपिट गरेको प्रतिक्रिया दिएका छन् । आफू कानुनी प्रक्रियामा जाने बताएका छन् । न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा छन् भने चुँडाल इजलास रोक्न नहुने अडानमा छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा वकिलहरू विभाजित छन् । आन्दोलनको थप कार्यक्रम घोषणा गर्न बसेको नेपाल बार एसोसिएसनको बैठक जारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया