बीर अस्पताललाई १५ दिनभित्र पूर्णरुपमा सफा बनाइसक्ने

काठमाडौँ – स्वास्थ्य राज्यमन्त्री पद्याकुमारी अर्यालले बिरामीको अत्यधिक चाप हुने वीर अस्पतालबाट सरसफाइ अभियानको सुरुवात गरेकी छन् ।

राज्यमन्त्रीसँंगै यो अभियानमा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष तथा  नेपाल सरकारका सरसफाइदूत कलाकार सिताराम कट्टेल ‘धुर्मुस’, खेम्स क्लिनिङका खेम शर्मा,  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्रा.डा. गणेश गुरुङ, अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेत लगायतको सहभागिता रहेको छ ।

अस्पताल भित्रको शौचालयहरु सफा गरेर सरसफाइ अभियानको सुरुवात गरिएको हो ।  सरसफाइ अभियानमा धुर्मुस सुन्तली फाउण्डेशन तथा खेम्स क्लिनिङकाबाट १५ तथा वीर अस्पतालबाट १० जनाको सहभागि छन् । 

फाउण्डेशनले  अबको  १५ दिनमा वीर अस्पताललाई सफाई गर्ने लक्ष्य लिएको  छ । राज्यमन्त्री अर्यालले उपचार गर्ने अस्पतालहरू नै फोहोर हुँदा  बिरामी थप बिरामी पर्ने गरेको बताइन । 
अस्पताल सफा गर्ने दायीत्व अस्पतालको रहेको छ । उनले वीरमा एकसय ५० जना सफाइ  कर्मचारी भएर पनि सरसफाई नहुनु दुःखद भएको बताइन ।  
     

    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?