ट्रम्पलाई हाउजिंग कम्पलेक्सको बिक्रीबाट लाखौ डलरको आम्दानी

एजेन्सी  : मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क हाउजिंग कम्पलेक्सको बिक्रीबाट लाखौं अमेरिकी डलर पाउने भएका छन् ।

सबै भन्दाबढी अनुदान दिइएको सस्तो हाउजिंग कम्पलेक्सको बिक्रीबाट ट्रम्पलाई सो रकम प्राप्त हुने भएको हो ।

ब्रुकलिनमा रहेको स्टाररेट सिटिमा ट्रम्पसहित अन्य लगानीकर्ताहरूले लगानी लगाएका थिए ।

४६ भवनको कम्पलेक्स दुई घरजग्गा कारोबारी कम्पनीलाई ९० करोड ६० लाख अमेरिकी डिलरमा बिक्री गिरिएको छ ।

गत वर्ष ट्रम्पको वित्तीय कागजबाट उनको नाममा कम्पलेक्सको ५ प्रतिशत स्वामित्व रहेको देखिएको थियो । उनका हिस्सामा ३करोड ६० लाख अमेरिकी डलर हुने जनाइएको छ ।

स्टाररेट सिटिले संघीय सरकारबाट अनुदान पाएको थियो ।

सन् २००९मै मात्र ७ करोड ८० लाख अमेरिकी डलर अनुदान प्राप्त भएको थियो । ट्रम्पलाई यो कम्पलेक्सबाट ५० लाख अमेरिकी डलर बराबरको आमदानी भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?