एजेन्सी : अमेरिकी राष्ट्रपतिले इरानसँग गरेको परमाणु सम्झौता समाप्त गर्ने घोषणा गरेपछि बोइंग विमान कम्पनीलाई अर्बौ अमेरिकी डलर बराबरको घाटा हुने भएको छ ।
विश्वको सबैभन्दा ठूलो विमान निर्माता कम्पनी बोइले इरानी विमान कम्पनीलाई करिब २० अर्ब अमेरिकी डलर बराबरको विमानहरू बेच्ने सम्झौता गरेको थियो ।
टम्पको यो अभिव्यक्तिबाट बोइंगको सेयर मूल्यमा ०.३ प्रतिशतको गिरावट भयो ।
सन् २०१६को डिसेम्बरमा बोइंगले इरानसँग ८० जेट खरिद गर्ने घोषणा गरेको थियो ।
अमेरिकासँग सन् २०१५मा परमाणु सम्झौतामा हस्ताक्षर भएपछि विमान कम्पनी र इरानबीच सो सम्झौता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया