साहित्यकार दुर्गा तिवारीको कविता संग्रह ‘नचुमेको क्षितिज’ सार्वजनिक

काठमाडौं । साहित्यकार दुर्गा तिवारीको कविता संग्रह ‘नचुमेको क्षितिज’ सार्वजनिक भएको छ । 

काठमाडौंमा आयोजित एका समाहरोहबीच साहित्यकार दुर्गा तिवारीको कविता संग्रह गरिएको हो । वरिष्ठ साहित्य साधक रमेश खकुरेल, गीतकार यादव खरेल, साहित्यकार तथा समाजसेवी मदनराज थापा, प्राध्यापक डाक्टर जीवन अधिकारी, रमा शर्मा, ज्ञानुवाकर पौडेल, डा. लेखप्रसाद निरौला, सहप्रा प्रभा भट्टराई लगायतले संयुक्त रूपमा सो कृतिको लोकार्पण गरेका हुन् ।

क्षितिज साहित्यिक उपनाम राखेर अगाडि आएकी दुर्गा तिवारी मुक्तक लेखनमा विशेषा रूपमा परिचित छिन् । पहिलो पटक उनको यो कविता कृति प्रकाशित भएको हो । नारीवादी दृष्टिकोणबाट नचुमेको क्षितिजको विश्लेषण गर्दै कवि एवं समीक्षक प्रभा भट्टराईले नारीमनका अनुभूतिलाई सरल र सशक्त रूपमा प्रस्तुत गर्न कृतिकार सफल रहेको धारणा व्यक्त गरिन् । 

कृतिको समीक्षा गर्दै डाक्टर लेखप्रसाद निरौलाले तिवारीका कविताले समाज बोलेको टिप्पणी गरे । ग्रामीण भेगका रितिथिति तथा प्राकृतिक सुन्दरताहरु कवितामा समेटिएको भन्दै उनले गीति लयमा लेखिएका कविताले देश प्रेम बोलेको बताए । 

कविता सरल, सरस खालका रहेकाले जोकोहीले सजिलै पढ्न र बुझ्न सकिने समीक्षक निरौलाको टिप्पणी छ । आफ्ना भावना साट्ने क्रममा कृतिकार दुर्गा तिवारीले आफूले आठौं कक्षामा पढ्दा क्षितिजको अर्थ अलि अलि बुझेको र पछि आएर त्यसलाई केन्द्रमा राखेर कविता रचना गरेको सन्दर्भ उठाउँदै आफुलाई साहित्यको बाटोमा डोर्याउने सबै प्रति आभार प्रकट गरिन् । नचुमेको क्षितिजमा ७४ वटा कविता संग्रहित छन् ।

कार्यक्रममा गजलकार ज्ञानुवाकरण पौडेल, प्राध्यापक कोषराज न्यौपाने, साहित्यकार कौशिला रिसाल, नेपाली शिक्षा परिषदका सदस्य सचिब रमा शर्मा, लगायत थुप्रै साहित्यकारहरुको उपस्थिति रहेको थियो । समारोहमा अभिनयकवि नीराजन तिमिल्सिनाले लोकार्पित कृतिबाट मेरो सहर शीर्षकको कविता अभिनय सहित वाचन गरेका थिए । 

उद्घोषण कलामा विशिष्ट ख्याति कमाएका यादव भट्टराईद्वारा सञ्चालित सो कार्यक्रममा प्राध्यपक डा. जीवन अधिकारीले स्वागत मन्तव्य दिँदै कवि सहृदय हृदय संवाद र क्षितिजको तात्विक आशय खुलाउँदै सभामा उपस्थित महानुभावहरूको स्वागत गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?