भाइरल गायक अशोक दर्जीको ‘मन बिनाको धन ठुलो कि धन विनाको मन’ सार्वजनिक

काठमाडौं । केही समय पहिले एकाएक भाइरल भएका बाल कलाकार अशोक दर्जीको पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अशोकलाई अहिलेका चर्चित संगीतकार टंक बुढाथोकीले साथ दिएका छन् ।

'मन बिनाको धन ठुलो कि धन बिनाको मन' बोलको गीतको शब्द बिराज नेपालले लेखेका हुन् । भने संगीत टंक बुढाथोकीले तयार पारेका हुन । यो गीत सुन्दा मेलोडियस लाग्छ । 

आज काठमाडौंको पुतलीसडक स्थित स्टुडियोमा एक कार्यक्रमको आयोजना गरि गीत रिलीज गरिएको थियो । सार्वजनिक भिडियोमा भाइरल कलाकार अशोक दर्जी र संगीतकार टंक बुढाथोकीले अभिनय गरेका छन । टंकले झापाको विपन्न परिवारका अशोक दर्जीलाई काठमाण्डौ ल्याएर गीत रेकर्ड गराएका थिए । 

गायक तथा संगीतकार टंक बुढाथोकीले भने अहिले म अशोक दर्जीको अभिभावक भएर यो सवै गरिरहेको छु । उसको परिवारको खाने बस्ने पढाई लेखाई सम्पुर्ण जिम्मा म र डिजे रुपकले लिएका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?