२ लाख ७१ हजार कित्ता सेयर लिलाम गर्दै प्राइम लाइफ

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आगामी जेठ २ गतेदेखि साधारण सेयर लिलाम बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले १६० प्रतिशत हकप्रदमा अवितरित २ लाख ७१ हजार ९ सय ७८ कित्ता साधारण सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो । 

प्राइम लाइफले चुक्ता पुँजी बढाउन गत फागुन २७ देखि वैशाख ३ गतेसम्म १६० प्रतिशत हकप्रद बिक्री खुला गरेकोमा सबै सेयरका लागि आवेदन नपरेपछि बाँकी सेयर लिलामी गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स नयाँ बानेश्वर तथा लक्ष्मी बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट जेठ ९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?