शाइन रेसुङ्गा स्मार्टमार्फत सुरु भयो इ-सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा

लोकपथ
70
Shares

काठमाडौं । इ-सेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यस सम्झौतासँगै अब विदेशबाट इ-सेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका नेपालमा रहेका कुनै पनि शाखाकार्यालयबाट भुक्तानी गर्न सकिनेछ ।

यसैगरी यस बैंकका खाता सञ्चालन भएका सम्पूर्ण ग्राहकहरुले विदेशबाट पठाएको रेमिट्यान्स सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ ।

शाइन रेसुङ्गा स्मार्ट अर्थात् यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर इ–सेवा मनी ट्रान्सफरमार्फत नेपालभरि रहेका इ-सेवाका नेटवर्कमार्फत जुनसुकै ठाउँमा रेमिट्यान्स् पठाउन र जुनसुकै ठाउँबाट पठाएको रकम प्राप्त गर्न सकिनेछ ।

सम्झौतामा इ-सेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइराला र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका थिए ।

यस सम्झौताबमोजिम विदेशमा रहेका नेपालीहरुले सिधै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खातामा पैसा पठाउन सकिनेछ र नेपालमा रहेका बैंकका ग्राहकहरुले सेवा उपभोग गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मोबाइल एप डाउनलोड गरी त्यहाँ रहेको रेमिट्यान्स् आइकनमा जानुपर्ने हुन्छ।

इ-सेवा मनी ट्रान्सफरले परम्परागत तथा डिजिटल माध्यमबाट इ-सेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इ–सेवा मनी ट्रान्स्फरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनि ट्रान्सफर देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

शाइन रेसुङ्गाडेभलपमेण्ट बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट “ख“वर्गको इजाजतप्राप्त गरी सञ्चालनमा रहेको राष्ट्रिय स्तरको विकास बैंक हो । लुम्बिनी प्रदेशको बुटवलमा प्रधान कार्यलय रहेको साइन डेभलपमेण्ट बैंकको हाल नेपालभरर कुल ८० वटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन कार्यालय तथा ७ वटा एटीएम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?