काठमाडाैं : अघिल्लो सिजनको र्इन्डियन प्रिमियर लिग (अाइपीएल) विजेता मुम्बर्इ इन्डियन्सले कोलकात्ता नार्इटरार्इडर्सलार्इ १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
बुधबार राती भएको खेलमा मुम्बर्इले कोलकात्तालार्इ १ सय २२ रनको लक्ष्य दिएको थियो । तर, फितलो ब्याटिङका कारण १८.१ अोभरमा सवै विकेट गुमाएर कोलकात्ताले १ सय ८ रन मात्र जोड्न सक्यो ।
मुम्बईको जीतका लागि सूर्यकुमार यादव र इभिन लेविसले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको खेलमा तेस्रो विकेटका लागि कप्तान रोहित शर्मा र इशानले ८२ रनको साझेदारी गरेका थिए । इशानले २१ बलमा टोलीका लागि सर्वाधिक ६२ रन जोडे । उनले ६ छक्का र ५ चौका प्रहार गरे । रोहित र सूर्य कुमारले समान ३६ रन जोडे।
सूर्यकुमारले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ३१ बल खेलेका रोहितले २ चौका र १ छक्का प्रहार गरे । हार्दिक पाण्डेयले १३ बलमा २ छक्कासहित १९ रन जोडे भने लेविसले १८ रन बनाए । बेन कटिङले नटअाउट २४ रन बटुले ।
पछिल्लो जीतसँगै साविक विजेता मुम्बई इन्डियन्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने समान १० अंक भएपनि मुम्बईसँग पराजित हुँदा कोलकात्ता पाँचौं स्थानमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया