काठमाडाैं : च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल मड्रिड जारी स्पेनिस लिगमा भने निकै कमजोर देखिएको छ । बुधबार राती भएको खेलमा रियललार्इ सेभियाले २-३ गोल अन्तरले पराजित गरेको हो ।
सेभियाको घरेलु मैदानमा शुरूमा ३-० ले पछि परेको रियलले खेलको अन्त्यमा पुनरागमन गर्न खोजेपनि अंक जोड्न सकेन । सेभियाले विराम बेन येड्डरको २६ अौं मिनेटको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा स्टिभन एन्जोन्जीको पासमा मिगुएल लायुनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।
५८ अौं मिनेटमा रियल म्याड्रिडले पाएको पेनाल्टीको अवसरलार्इ सर्गियो रामोसले गोलमा बदल्न सकेनन् । ८४ अौं मिनेटमा उनै रामोसको आत्मघाती गोलमा सेभिया ३-० ले अगाडी बढ्यो ।
खेलको अन्त्यतिर लयमा फर्केजस्तो देखिएको रियलका लागि ८७ अौं मिनेटमा बोर्जा मायोरालले तथा ९० अौं मिनेटमा सर्जियो रामोसले गोल गरे । निर्धारित समयमा उसले थप गोल गर्न सकेन र सेभियासँग पराजित भयो ।
स्पेनिश लिगमा रियलले ३६ खेलमा ७२ अंक जोडेको छ । यस्तै, ७५ अंकसाथ दोस्रो स्थानमा एट्लेटिकोले कब्जा जमाएको छ । स्पेनिश जायन्ट बार्सिलोना अपराजित ९० अंकका साथ शीर्षस्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया