काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन् ।
पूर्वसहमती अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेका हुन् । मुख्यमन्त्री शाहीले राजीनामा दिएसँगै पूर्व सहमती अनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।
केही प्रक्रियाहरु पूरा गरेर शाहीले सरकार गठनका लागि मार्गप्रशस्त गर्न लागेका हुन् ।
तत्कालिन नेकपाबाट माओवादी केन्द्र छुट्टिएपछि शाहीले गत वैशाख ३ गते विश्वासको मत लिएका थिए । शाहीलाई मुख्यमन्त्रीमा टिकाउनका लागि ६र६ महिना माओवादी र कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमती भएको थियो ।
यता प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले अल्पमतमा परेपछि आज पदबाट राजीनामा दिएका छन् । त्यससँगै प्रदेश नं १ मा नयाँ सरकार गठनको तयारीमा विपक्षी गठबन्धन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया