स्याङ्जा आँधीखोलाको ‘बिषादी काण्ड’ ढाकछोप प्रयास

स्याङ्जा : कुखुरा फार्मको विषाक्त सुली खोलामा फ्याकिदिँदा अाँधीखोलाका माछालगायत जलचर प्राणी सखाप भएको घटनाका अारोपीलार्इ बचाउन प्रशासनले अालटाल गरिरहेको छ । 

खिलुङ कालिका एग्रो फार्मका सञ्चालक खुमा अर्यालले वैशाख २१ गते राती कुखुराको विषाक्त सुली कालीगण्डकी नदीमा फाल्दा अाँधीखोलाका करिब ३० हजार माछा मरेका थिए । बिषादीकार कारण सखाप भएका जलचर र खोलाको पानी परीक्षण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले प्राविधिक टोली खटाएपनि टाेलीले हालसम्म ठोस अनुसन्धान गरेको छैन । 

मत्स्य विकास केन्द्रसँग माछा र पानी परिक्षण गर्ने प्रविधी र जनशक्ति भएपनि हालसम्म टोलीले हालसम्म अनुसन्धान नगरेको हो । आँधीखोलाको पानीलाई सफा बनाउन गल्याङ नगरपालिकाले १२ क्वीन्टल चुना छर्कनेबाहेक अन्य कुनै काम भएको छैन । 

प्रशासनले घटनालार्इ सामसुम पार्ने र अारोपीलार्इ बचाउनेगरि निस्क्रियता देखाएपछि स्थानीयबासी अाक्रोसित बनेका छन् । हालसम्म जिल्ला प्रशासन कार्यालयमा कुनै जाहेरी दर्खास्त गरिएको छैन । जिल्लास्थित भू तथा जलाधार संरक्षण कार्यालयका अधिकारीहरूले पनि घटनाप्रति माैनता देखार्इरहेका छन् । 

मरेका माछालार्इ खोलाबाट नहटाउँदा अासपासका प्रभावित ३ वटा वडाहरूमा दुर्गन्ध फैलिएको छ । मरेका माछा र दूषित पानीको प्रयोगले झाडापखाला, महामारी र हैजा फैलने भन्दै स्थानीय नागरिक त्रसित बनेका छन् ।

सुलीलार्इ डिकम्पोज अर्थात सडाउन हालिएको रसायिनिक विषादी नदीमा मिसिएपछि जलचर प्राणी मरेका हुन् । नदीमा बिषाक्त सुली मिसाउने अर्याल मेडिकल पनि सञ्चालन गर्छन् । 


अाँधीखोला जलविधुत अायोजनाको ड्याममा थुप्रिएका बिषले मरेका माछा 

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरी निराैलाका अनुसार एग्रो सञ्चालकले पहिले खाल्डोमा हालेको सुलिसमेत डोजरले खनेर नदीमा फालेका हुन् । हाल प्रशासनले मरेको जलचर प्राणीको विवरण तयार पारिरहेको उनले जानकारी दिए । 

प्रशासनका अनुसार घटनामा संलग्नहरूलार्इ सरकारले जलचर संरक्षण एेन, २०१७ र फोहोरमैला व्यवस्था एेनअनुसार कारबाही हुनेछ । 


बिषको प्रभावले मरेका माछा

बिषादीका कारण मरेका माछा बुटवल पावर कम्पनीको अाँधीखोला जलविधुत अायोजनास्थित बाँधमा तैरिएका छन् । मरेका माछाले बाँध नै भरिएको छ । ड्यामदेखि साढे २ किलोमिटर माथिसम्मका माछा मरेको विधुत अायोजनाका कर्मचारीहरूले जानकारी दिएका छन् । अाँधीखोलामा मिसार्इएको बिषले कालीगण्डकी नदिका माछामा समेत असर देखिएको छ ।

(तस्बीर स्रोत : सरोज पाैडेल/स्याङ्जा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?