काठमाडौं । गरिमा विकास बैंकले तिहारलाई लक्षित गरि डिजिटल बैकिङलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाईदा ट्रिपल’ नामक अभियान लिएर आएको छ ।
फोनपेले लेराएको आईबिएफटि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’सँग प्रेरित रहि डिजिटल बैकिङलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न गरिमाविकास बैंकले यो अभियानलिएर आएको हो ।
यस अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबिएफटि मार्फत पैसा पठाउने १ भाग्यशाली सेवाग्राहीले दैनिक ५०० जित्नेछन् । कात्तिक १५ देखि पौष १६ गते सम्म चल्ने यस अभियानका साप्ताहिक विजेताको घोषणा हरेक आईतबार बेलुका गरिमा विकास बैंकको सबै सामाजिक संजालबाट गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया