युवा उद्यमी खड्का अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत

काठमाडौं । नेपालको हेल्थकेयर क्षेत्रमा क्रियाशिल युवा उद्यमी कैलाश खड्का एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्डबाट पुरस्कृत भएका छन् । 

सिंगापुरको ‘एसिया वान’ म्यागजिनले प्रत्येक बर्ष दिने यो अवार्डबाट यस वर्ष हेल्थकेयर क्षेत्रमा विगत ढेड दशकदेखि क्रियाशिल नेपाली उद्यमी खड्का पुरस्कृत भएका हुन् । खड्कालाई बुधबार साँझ दुवईको मेरियत होटलमा आयोजित विषेश कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । 

यो अवार्ड ४० बर्ष कम उमेरका व्यक्तिले निश्चित क्षेत्रमा गरेको उद्यमसिशलताको बहुआयमिक विश्लेषण गरेर प्रदान गरिन्छ । नेपालबाट पुरस्कृत हुने उनी यस बर्षका पहिलो नेपाली युवा उद्यमी हुन् । ३४ बर्षिय खड्कालाई ‘मस्ट इन्फुलेन्सियल एसियन अन्डर ४०’को उपाधिबाट पुरस्कृत गरिएको छ । 

उक्त अवार्डका लागि ४० वर्षभन्दा कम उमेरका युवा उद्यमीले समाज परिवर्तनमा देखाएको प्रभावकारीता, प्रभाव, प्रगती र योगदानलाई मुख्य आधार बनाईने आयोजकले बताएका छन् । 

सिंगापुरको ‘एसिया वान’ पत्रिकाले स्वतन्त्र अनुसन्धन टिम बनाएर एसियाभर अध्ययन गरेर अवार्डका लागि नोमिनेशन गर्ने र छनोट समितिले अवार्डका लागि चयन गर्दछ । सिंगापुरको प्रतिष्ठित म्याग्जिनले प्रदान गर्ने यो अवार्ड ४० बर्ष भन्दा कम उमेरका एसियन युवा उद्यमीलाई प्रदान गरिन्छन् । 

विगत चार बर्षदेखि नेपाल स्वास्थ्य व्यवशायी महासंघको अध्यक्ष रहेका खड्का वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर र वेलकेयर इन्स्टीच्युट अफ मेडिकल साईन्स एण्ड टेक्नोलोजीका अध्यक्ष हुन् । उनी प्राईभेट हस्पिटल एसोसियसन (अपिन)का केन्द्रीय सदस्य पनि हुन् । 

अष्ट्रेलियाको सेन्टरल क्विन्सल्याण्ड युनिभसिटीमा अध्ययन गरेर फर्किएका खड्का हेल्थकेयरको माइक्रो अनुसन्धानको क्षेत्रमा पनि क्रियाशिल छन् । उनी विगत दुई दशकदेखि नेपालको हेल्र्थकेयरका विभिन्न क्षेत्रमा सक्रिय छन् । श्रम तथा रोजगार मन्त्रालयको विज्ञ समुहमा पनि उनी सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?