सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

लोकपथ
672
Shares

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज (मंगलबार) निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे कार्यालयमा अहिले बिहान ८:३० बजे बाँडफाँट गरिएकाे हाे ।

कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गाेलाप्रथाद्वारा बाँडफाँट गरिएकाे थियाे । गोलाप्रथाको विधिबाट बाँडफाँट गर्दा ६७ हजार ८ सय ९० जना भाग्यशाली आवेदकले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २१ लाख ९८ हजार ७ सय ६४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २१ लाख ८८ हजार ७ सय ७८ जनालाई आईपीओ बाँडफाँट गरिएकाे थियाे । सो मध्ये ७ हजार ८ सय ९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने २१ लाख २० हजार ८८८ जनाको हात खाली भएको छ ।

कम्पनीले कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । बाँकी ६ लाख ७८ हजार ९ सय कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।

लगानीकर्ताहरुले आईपीओको नजिता https://iporesult.cdsc.com.np/, निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे वेभसाइट, सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे वेभसाइट (https://spcl.com.np/) र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?