अनमोलको ‘क्याप्टेन’मा सुनिल देखि विल्सन सम्म

काठमाडौं । नायक अनमोल केसीले अभिनय गरिरहेको सिनेमा 'क्याप्टेन'को यतीवेला झापामा धमाधम छायाँकन चलिएरहेको छ । नायक अनमोल केसी एपिएफको जर्सिमा देखिएका छन् । पहिलो चरणको छायाँकन इलाममा सकाएर यतीवेला सिनेमाको दोस्रो चरणको छायांकन चलिरहेको छ ।


 
निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेको सिनेमालाई नायक तथा निर्माता भुवन केसीले निर्माण गरिरहेका छन् । 'क्याप्टेन'मा नायक अनमोल केसीको जोडी यसै सिनेमाबाट डेव्यु गर्न लागेकी दुई हिरोइन उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग बाँधिएको छ । 'क्याप्टेन'मा भिलेनको रुपमा प्रशान्त ताम्राकारलाई फाइनल गरिएको छ ।


 
यस्तै सिनेमामा राते काँइला नामले परिचित सुनिल थापाको पनि गेष्ट रोलमा रहने छन् । उनका साथै सिनेमामा हाँस्यकलाकार विल्सन विक्रम राईको पनि मुख्य भुमिका रहने छ । सिनेमामा विल्सन अनमोलको टिम क्याप्टेनको रुपमा देखिने छन्, भने सुनिल थापा राष्ट्रिय फुटबल प्रशिक्षकको रुपामा देखिने श्रोतको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?