चिनको बक्सअफिसमा असफल प्रभासको ‘बाहुबली २’

काठमाडौं । बलिउडमा सार्वधिक ग्रसर सिनेमा ’बाहुबलि २’ लाई चीनमा ठूलो झड्का लागेको छ । यो सिनेमा चिनियाँ बक्सअफिसमा असफल भएको छ । ’बाहुबली २’ ले चार दिनमा जम्मा ५८ करोडको व्यापार गरेको छ । यो बलिउड सिनेमाले चीनमा गरेको अहिले सम्मकै कमजोर व्यापार हो ।

’बाहुबली २’ लाई चिनियाँ दर्शकले मन पराएनन् । यसको कारण मारधाड र एनिमेसनका सिन धेरै हुनुलाई प्रमुख कारण मानिएको छ । एनिमेसन र मारधाडका हलिउड सिनेमा उत्कृष्ट हुने भएकोले पनि ’बाहुबलि २’को व्यापार कमजोर भएको सिनेबारे भविष्यवाणी गर्ने पण्डितको भनाई छ । चीनमा सामाजिक कथा–वस्तु र रोनाधोना भएका बलिउड सिनेमा चीनमा रुचाएको छ ।

यसको पछिल्लो उदारहण हुन्, आमिर खानको ’दंगल’, सलमान खानको ’बजरंगी भाईजान’ र इरफान खानको ’हिंन्दी मिडियम’लाई चिनियाँ दर्शकले उत्कृष्ट भनेका थिए । यिस सिनेमाले चिनको बक्सअफिसमा तहल्का मच्चाएको वितरक बताउँछन् ।

’बाहुबलि २’ दुईले पहिलो दिन १६ करोड भारुको व्यापार गर्दै उत्कृष्ट ओपनिङ्ग गरेको थियो । तर, दोस्रो दिनबाट सिनेमा हलमा दर्शकको चाप घट्दै गएको थियो । चिनका करिब ७ हजार हलमा ’बाहुबली २’ रिलीज गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?