महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङको स्तरोन्नत्ति

लोकपथ
63
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै Omni Channel मा आधारित अत्याधुनिक BankXP System मा स्तरोन्नत्ति गरेको छ । बैंकले कात्तिक १५ गते हिजो (सोमबार) उक्त सेवाको शुमारम्भ गरेको हो ।

बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई थप प्रविधिमैत्री एवंम समय सापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गरिएको हो । यसबाट ग्राहकहरुलाई डिजिटल कारोबार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्ततथा दुरुस्त हुने विश्वास यस बैंकले लिएको छ ।

यस सेवाको सुरुवातसँगै अब ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सक्नेछन् । यसका साथै यस सेवामा अनेकन अत्याधुनिक विशेषताहरु छन् ।

यस सेवाअन्तर्गत बैंकमा खाता नै नभएकाहरुले समेत बैंकिङ्ग कारोबार गर्न सक्नेछन् । यस सेवामा रहेको ई क्यास सुविधाअन्तर्गत यस बैंकमा खाता नभएका ग्राहकलाई मोबाइल नं को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाइएको छ ।

यसका साथै ई भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्नेछ । घरमा नै बसीबसी सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने उद्देश्ले सञ्चालनमा ल्याइएको यस सेवाअन्तर्गत ग्राहकहरुले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्ने लगायतका विभिन्न उपयोगी सेवाहरु प्राप्तगर्न सक्नेछन् ।

यस प्रयोगकर्ता मैत्रीप्रविधि, BankXP System मा स्तरोन्नत्ती गरेसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोबाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसीबसी विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यस सेवालाई प्रयोग गर्नका लागि Android को Playstore र IOS को Appstoreबाट ग्राहकहरुले MahalaxmiBankXP डाउनलोड गर्न सक्नेछन् । यस बैंकको वेबसाइट WWW.mahalaxmibank.com बाट पनि उक्त सेवालाई सजिलै प्रयोग गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?