मोदीको स्वागतमा मुस्ताङ  (फोटोफिचर)

मुस्ताङ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुस्ताङको मुक्तिनाथ  भ्रमण गर्दैछन् । 
मोदीले मुक्तिनाथ दर्शन गर्ने भएपछि सिंगो मुस्ताङ चहलपहलमय भएको छ । 
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका क्रममा आएका भारतीय राजदूतावासका कर्मचारी, सुरक्षाकर्मी एवं अन्य पर्यटक पनि सेताम्य हिउँले छापिएका उच्च हिमाली दृश्यमा मोहित बन्ने गरेका छन् । 

भारतीय प्रधानान्त्री मोदी भ्रमणले यहाँको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन हुने ठानिएको छ । मोदीको भ्रमणको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ ।

पूजाको तयारीका साथै स्वागतद्वार निर्माणलगायत काम धमाधम भइरहेको छ । रानीपौवा बजारदेखि मुक्तिनाथ मन्दिरसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ भने तयार गरिएका हेलिप्याड क्षेत्रको सुरक्षार्थ कुकुरसमेत परिचालन गरिएको छ । 

तस्बिर : रासस 

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?