नबिल बैंकद्वारा बम्पर लाभांश घोषणा, नगद र बोनस कति ?

लोकपथ
280
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८का लागि बम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले उक्त ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४ प्रतिशत नगद लाभांश रहेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने बैंकमध्ये नबिल बैंकले सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी साधारणसभाबाट समेत पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा पनि ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?