सामाजिक सञ्जालमा मोदिप्रति आक्रोश : ब्लकेड वाज क्राइम मिस्टर मोदी !

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि यतिबेला २ दिने राजकीय भ्रमण लागि नेपालमा छन् । यो उनको पहिलो राजकीय भ्रमण हो । सन् २०१४ मा प्रधानमन्त्रि निर्वाचित भएपछि उनि तेस्रो पटक नेपाल आएका हुन् ।

मोदिले पहिलो भ्रमणमा नेपालको संसदलाई समेत सम्बोधन गरेर दुई देशबिचको सम्बन्धलाई नयाँ उचाई दिने बताएका थिए ।

प्रधानमन्त्री भएपछिको पहिलो र दोस्रो भ्रमणमा नेपाली जनताको वाहवाही लिएर स्वदेश फर्किएका मोदिको यसपालीको भ्रमण ‘नायक’ भन्दा बढि ‘खलनायक’ को रुपमा व्याख्या भएको छ, सामाजिक सञ्जालमा ।

वि.सं २०७२ असोज ३ गते जननिर्वाचित संविधान सभाले जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि करिब ६ महिना लामो नाकाबन्दी गरेको थियो ।

 

त्यसैको परिणामस्वरुप उनको नेपाल भ्रमण कटाक्ष, टिप्पणी र असन्तुष्टिले भरिएको हो, भन्दा फरक नपर्ला ।

मोदि नेपाल आउने भन्ने औपचारिक जानकारी पाउनेबित्तीकै असन्तोषका स्वरहरु चोक चौतारा, चिया पसलदेखि सामाजिक सञ्जालसम्मै छताछुल्ल पारेका नागरिकहरु यतिबेला रातारात पिच गरिएका सडक, सडकमा पोतिएका ईनामेल, टन्टलापुर घाममा उभ्याईएका प्रहरी जवान वा फलानु ठाउँदेखि फलानुठाउँसम्म नागरिक नहिड्नु भन्ने किसिमका उर्दिहरु नियालीरहेका छन् ।

कतिपयले त नाकाबन्दी गर्ने व्यक्ति अपराधि हुन् भन्दै कटाक्ष गरेका छन् । मोदीलाई नाकाबन्दीको प्रभाव पिडादायीक अपराध थियो भन्ने आशय र सन्देशसहितको ‘ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी’ ट्विटरमा ट्रेन्डिङ गरिरहेको छ ।

उता भारतबाट आफ्नो विमानमा सिधै जनकपुर ओर्लेका मोदिलाई प्रदेश नम्बर २ का जनताले नागरिक अभिनन्दन गरेका छन् । 

 

 

 

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?