चाडपर्वमा घरमै ककटेल र मोकटेल बनाउने तरिका

लोकपथ
441
Shares

चाडपर्वको बेला आफन्तजन र साथीभाइहरू भेला भएर रमाइलो गर्ने बहाना बनाउँदा धेरैले मदिरालाई समावेश गर्न छुटाउँदैनन् । अति मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक भए पनि हल्का मदिरा सेवनले स्वास्थ्यलाई राम्रो पनि गर्ने वैज्ञानिक मान्यता रहेको छ ।

चाडपर्वको बहानामा हुने जमघटलाई अझ रोमाञ्चक बनाउँछ, यदि आफूले पिउन लागेको मदिरालाई ककटेल र मोकटेल बनाएर पिइयो भने । वार र पवमा गएर ककटेल र मोकटेलको स्वाद लिएका मदिराका पारखीहरूलाई मदिराको सधैँ फरक फरक किसिमका स्वाद लिने बानी हुन्छ । मदिराका ककटेलले स्वादमा विविधता ल्याउनुका साथै शरीरमा केबल मदिरा मात्र जाँदैन र यसले बेफाइदा पनि कम नै गर्छ ।

ककटेल र मोकटेल मदिराका पारखीलाई अति नै मन पर्ने पेय पदार्थ पनि हो । चाडबाडको समयमा आफन्त र साथीभाइसँग मिलेर ककटेल र मोकटेल बनाएर खाने धेरैको धोको हुन्छ । तर ककटेल र मोकटेललाई जो कोहीले घरमै बनाएर खान पनि सक्दैनन् । चाडबाडको अवसरमा घरमै आफन्तजन र साथीभाइहरुसंग बसेर सजिलै बनाउन मिल्ने केही ककटेल र मोकटेलका परिकार लिएर सिद्धार्थ कटेज धोवीघाटका वार टेन्डर मनोज रायमाझी प्रस्तुत भएका छन् ।

भिडियोमा हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?