काठमाडौं । छठको तयारी सुरु भएको छ । यस पूजामा सूर्यलाई अर्घ्य दिई षष्ठी माताको पूजा गरिन्छ । प्रत्येक वर्ष छठपूजाको अवसरमा भारतीय चर्चित गायकहरूले आफ्ना नयाँ गीतहरू सार्वजनिक गर्ने गर्दछन् । पवन सिंह, खेसरीलाल यादव, अक्षरा सिंह, शारदा सिन्हाले छठगीत गाउने गरे पनि अहिले रानु मण्डलले पनि छठमैया गीत गाएकी छिन् ।
रानु मण्डलको नाममा सार्वजनिक भएको यो गीत युट्युबमा निकै भाइरल भइरहेको छ । यो गीत रानु मण्डलले नगाएको भए पनि उनको नाममा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो गीत हालसम्म ९ लाखभन्दा बढी भ्यूज पाएको छ । गीतमा रानु मण्डलले सूर्यलाई अर्घ्य अर्पण गरेको देख्न सकिन्छ ।
यद्यपि धेरै प्रयोगकर्ताले कमेन्टमा यो रानु मण्डलको आवाज नभएको पनि बताएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्– लाइक र कमेन्टका लागि मात्र रानु मण्डलको नाम लेख्नु ठीक होइन ।
यो भिडियोमा मानिसहरू रानु मण्डललाई ट्रोल गर्न लागेका छन् । धेरैले रानु मण्डललाई अब फेरि फर्कन नसक्ने बताएका छन् । एक प्रयोगकर्ताले लेखेका छन् ‘पूरै मुड बिगाड्यो’।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया