दीपेन्द्र तिमल्सिनाद्वारा निर्देशित ‘मुसी’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
476
Shares

काठमाडौ । प्रितम पोखरेलको गीत ‘मुसी’ सार्वजनिक भएको छ । प्रितम पोखरेल र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको उक्त गीत ‘प्रितम पोखरेल’ युटुब च्यानलबाट सार्वजनिक भएकोे हो ।

अडियो क्रेडिट, मौलिकताले भरिएको ‘मुसी’ गाउँले जीवनमा आधारित एक रोमाञ्चक गीत हो । उक्त गीतमा शब्द र संगीत पनि प्रितम पोखरेलकै रहेको छ ।

नेपाली हास्यव्यंग्य क्षेत्रमा चर्चित कफल कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र सरिता ढुंगाना (जुनकिरी)को अभिनयमा रमेश थापा, राजु आरडी र सबिन आचार्यको अभिनय रहेको छ ।

दिपेन्द्र तिमल्सिनाले कथा निर्देशन गरेको उक्त गीतको भिडियोलाई करण चैसिरले क्यामेरामा कैद गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् । वन डीबी एचडी स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन सुनिल परियारले गरेका छन् ।

गाउँघरमा भएका हरेक दुःखकस्टलाई माया र साथ मिलाएर एक–अर्काको साथी बन्दै जीवन कटाउने प्रेमिल जोडीहरुको प्रेमकथा र हाम्रो समाजमा रहेका पुराना संस्कारलाई जुठे र मुसीको माध्यमबाट दिपेन्द्र तिमल्सिनाले जस्ताको तस्तै भिडियोमा उतारेका छन् ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?