काठमाडाैं : ३१ हजार अमेरिकी डलरमा भारतीय क्रिकेट क्लब दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएका नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले अार्इपीएलमा सानदार 'डेब्यु' गरेका छन् ।
अार्इतबार बेलुकी भारतीय कप्तान बिराट कोहलीको टीम रोयल च्यालेन्जर्स बैंग्लोरसँग भएको खेलमा दिल्लीले सन्दीपलार्इ पहिलोपटक बलिङ अर्डरमा राख्दै ४ अोभर बलिङ गराएको थियो ।
सन्दीपले अाफ्नो बलिङको दोस्रो अोभरमै बैंग्लोरका पार्थिव पटेललार्इ ६ रनमा अाउट गरिदिए । दिल्लीले हिजो खेलाएकामध्ये सन्दीपको बलिङ सबैभन्दा किफायती देखियो । ४ अोभर बलिङ गरेको सन्दीपले विपक्षी खेलाडीलार्इ अाफ्नो बलबाट जम्मा २५ रनमात्र जोड्न दिए ।
सन्दीपले डेब्यु खेलमा भारतीय कप्तान बिराट कोहली, डी भिलियर्स र मोर्इल अलीबिरूद्द कसिलो बलिङ गरेका थिए ।
सन्दीपले अाकर्षक खेल प्रश्तुत गरेपनि दिल्ली भने रोयल च्यालेञ्जर्स बैंग्लोरसँग ५ विकेटले पराजित भएको छ । दिल्लीले दिएको १ सय ८२ रनको लक्ष्यमाथि बैंग्लोरले कोहली र एबी डी भिलियर्सको अर्धशतकको मद्दतले १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाउँदै विजय प्राप्त गर्यो । बैंग्लोरको जीतका लागि कोहलीले ७० र डी भिलियर्सले ७२ रनको योगदान दिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८१ रन जोड्न सक्यो। दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ६१ र अभिषेक शर्माले अविजित ४६ रन जोडे ।
बैंग्लोरसँगको हारले दिल्ली अार्इपीएलको प्लेअफ चरणबाट बाहिरिएको छ भने दिल्लीमाथिको जितले बैंगलोर प्ले अफमा पर्ने सम्भावना बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया