हरेकलाई शिक्षा दिन १० अर्ब अमेरिकी डलरको अभियान शुरू

एजेन्सी : सन् २०३०सम्म विश्वका हरेक विद्यार्थीलाई माध्यमिक शिक्षा उपलब्ध गराउने सुनिश्चितताका लागि १० अर्ब अमेरिकी डलर संकलन गर्ने अभियान संयुक्त राष्ट्रसंघले शुरू गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुइटेर्स समक्ष युवा अभियानकर्ताहरूले १ करोड १५ लाख हस्ताक्षर बुझाएर हरेक बालबालिकालाई माध्यमिक शिक्षा उपलब्ध गराउन माग गरेका हुन् ।

यो माग अनुरूप संयुक्त राष्ट्रसंघले यो अभियानलाई सहयोग गर्ने जनाएको छ । विश्वव्यापी र क्षेत्रीय बैंक तथा अभियानकर्ताहरूबाट यो रकम संकलन गरी शिक्षाका लागि इतिहासमै सबै भन्दा ठूलो लगानी हुनेगरी यो अभियान अगाडि बढेको छ । 

पाकिस्तान र बंगलादेशबाट १५ लाख र विश्वका अन्य देशहरूबाट १ करोड हस्ताक्षर संकलन गरिएको थियो । विश्वका सीमान्तकृत बालबालिकाहरूलाई शिक्षा उपलपब्ध गराउन नयाँ १० अर्बको अतिरिक्त अन्तर्राष्ट्रिय वित्त सुविधा कोष शिक्षाका लागि निर्माण गर्न विश्वका नेताहरू समक्ष आह्वान गरिएको हो ।

राष्ट्रसंघका विशेष दूत गोर्डन ब्राउनले २६ करोड बालबालिकाहरू स्कूलमा उपस्थित नभइरहेको जनाए । स्थिति यस्तै रहे सन् २०३०सम्म ११ वर्ष उमेर समूहका बालबालिकाहरूको यो संख्या बढेर ४० करोड पुग्नेछ ।

राष्ट्रसंघले यो अभियानबाट हरेक बालबालिकाहरूलाई प्राथमिक तथा माध्यमिक शिक्षा उपलब्ध गराउने लक्ष्य लिएको छ । विश्वका आधा ८० करोड बालबालिकाहरूले विद्यालय छाडने र गुणस्तर शिक्षा लिनबाट बञ्जित हुनेछन् ।

विशेषदूत ब्राउनका अनुसार विश्वका आधा बालबालिका शिक्षित हुन गइरहेकाछन् भने आधा त्यसबाट बञ्चित रहेकाछन । 

शिक्षामा वित्तीय सहयोग गर्ने अन्तर्राष्ट्रिय नियोग इन्टरनेशनल कमिसन अन फिनान्सिंग ग्लोबल एडुकेशन अपरचुनिटीका अनुसार शिक्षामा हुने लगानी प्रतिशत घटदै गएको छ । १३ प्रतिशत शिक्षा सहयोग अनुदान विगत दश वर्षदेखि घटेर १० प्रतिशतमा आएको छ ।

विकासशील देशहरूलाई शिक्षामा उपलब्ध गराइएको प्रति बालबालिका १० डलरले उनीहरूलाई कुनै पुरानो (सेकेन्ड ह्यानड) पुस्तक किन्न पनि पुग्दैन्  भन्दै आयोगले शिक्षामा लगानी बढाउन आग्रह गरेको थियो ।

विश्व बैंक, इन्टर अमेरिकन डेभलपमेन्ट बैंक, अफ्रिकन डेभलपमेन्ट बैंक्, एसियन डिभलपमेन्ट बैंक र युरोपियन बैंक फर रिकन्स्ट्रक्सन र डिभलपमेन्टले १० अर्ब अमेरिकी डलर संकलन गर्ने अभियानमा साथ सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

भविष्यमलाई हेर्ने हो भने अर्को दशकमा १ अर्ब मानिस श्रम बजारमा प्रवेश गर्नेछ । त्यसैले उनीहरूलाई शिक्षा उपलब्ध गराउनु महत्वपूर्ण भएको  राष्ट्रसंघीय पदाधिकारीहरूको भनाइ रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?