एजेन्सी :अमेरिकाको अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने नियोग नासाले मंगलग्रहमा एक सानो हेलिकप्टर पठाउने जनाएको छ ।
आफै उडने यो सानो हेलिकप्टरको मंगल हेलिकप्टर( मार्स हेलिकप्टर) भनिएको छ ।
यो हेलिकप्टर मार्स २०२० रोभरसँग पठाउने जनाएको छ । यो हेलिकप्टरले मार्सको वायुमण्डलीय क्षेत्रलाई अध्ययन गर्नेछ ।
मंगलको वायुमण्डल पृथ्वीको वायुमण्डल भन्दा १सय गुना पातलो छ ।
यो हेलिकप्टरको डिजाइन गर्ने काम विगत चार वर्षदेखि भइरहेको छ ।
पुथ्वीमा उडने हेलिकप्टर ४० हजार फिटको उचाइसम्म उडेको छ ।
मंगलमा यो १लाख फिटसम्म उडन सक्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया