एआईले आँखाबाट व्यक्तित्वको पहिचान गर्न सक्ने

एजेन्सी :  आँखाले हाम्रा वरिपरिको संसार हेर्न बुझ्न मदत गर्छ तर यसले हाम्रो दिमागको झ्यालको काम गर्छ । शरीरसम्बन्धी अध्ययन अनुसन्धानले हाम्रा आँखाको घुमाइ हाम्रा व्यक्तित्वबाट प्रभावित हुने गरेको जनाएको छ ।

मानिसहरूको अध्ययनबाट कुनै खास समूहका मानिसहरूको आँखाको घुमाइ समान किसिमको हुने गरेको पाइएको छ । उदाहरणका लागि अवसरवादीहरूले क्यान्सरका छविजस्ता नकरात्मक भावनात्मक उत्तेजनाहरूलाई कम समय हेर्छन् भने जिज्ञासुहरूले यसका सबै विषयबारे जानकारी लिने गरि हेर्छन ।

 अस्ट्रेलिया र जर्मनीका अुसन्धानकर्ताहरूको एक टोलीले हालै व्यक्तित्व र आँखाको घुमाइबीचको सम्बन्धका बारेमा अध्ययन गरेको छ । अनुसन्धानकर्ताहरूले एक विशेष प्रकारको कम्प्युटर कोड मेसिन लर्निग अल्गोरिदमबाट विकास गरिएको प्रविधिबाट आँखाको घुमाइ र व्यक्तित्वबीचको सम्बन्धबारे अध्ययन गरेका हुन् ।

अध्ययनकर्ताहरूले मनोविक्षुब्धता, बहिर्मुखीता, सहमतता, कर्तव्यनिष्ठता र अवधारणागत जिज्ञासु समूहमा रहेको मानिसहरूको अध्ययन मेसिन लर्निग अल्गोरिदमबाट गरे ।कृत्रिम बौद्धिकता (एआई)मा आधारित यो अध्ययनबाट आँखाको गतिशीलताको अध्ययन गरियो ।

अनुसन्धानकर्ताहरूले यो अध्ययनका लागि ४२ जनालाई समावेश गराएर ७ –१५ प्रतिशतसम्म राम्रो पूर्वानुमान गर्न पाए । उनीहरूका अनुसार यो प्रतिशत बढन सक्नेछ । मेसिनले धेरै जनालाई पछयाउँदै अध्ययन गर्ने हो भने पूर्वानुमानको शुद्धता धेरै माथि हुनेछ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?