काठमाडौं । हालै बलिउड अभिनेत्री शिल्पा शेट्टी आफ्ना श्रीमान् राज कुन्द्राका कारण चर्चामा छिन् । एडल्ट फिल्म मुद्दामा फसेका राज कुन्द्रा यही मुद्दाका कारण करिब २ महिना जेल बसेका थिए । लामो समय जेलमा बिताएपछि उनले सेप्टेम्बरमा जमानत पाएका थिए । तर, जेलबाट छुटेपछि उनी शिल्पा र उनको परिवारसँग सार्वजनिक रूपमा देखिएका छैनन् ।
यसै क्रममा शिल्पा शेट्टी लामो समयपछि श्रीमान् राज कुन्द्रासँग देखिएकी छिन् । जेलबाट छुटेपछि यी दुई जनासँगै देखिएका यो पहिलो पटक हो ।
ज्वालाजी देवी र माता चामुण्डा देवी मन्दिरको दर्शन गर्न दम्पती हिमाचल पुगेका थिए । लामो समयपछि सँगै देखिएका शिल्पा र राज हात समातेर भगवानको घर पुगेका थिए ।
राज जेलबाट छुटेपछि सार्वजनिक रूपमा मात्र नभएर सामाजिक सञ्जालबाट पनि गायब थिए । केही दिनअघि राजले आफ्नो सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राम दुवै डिलिट गरेका थिए । तर, शिल्पा भने सामाजिक सञ्जालमा सक्रिय छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया