काठमाडौं । मिलन चाम्सले निर्माण अनि निर्देशन गरेको सिनेमा 'बोबी'को नर्वेमा ग्राण्ड प्रिमियर गरिएको छ । नर्वेको ओस्लोको भीका भिक्टोरिया हलमा सिनेमाको पहिलो पटक रेड कार्पेट प्रिमियर गरिएको हो । जहाँ हलिउडका ठूला स्टारका सिनेमाहरुको मात्रै प्रिमियर गरिएको थियो ।
यो सिनेमाको प्रिमियरमा करिव ४ सय बढिको उपस्थिति रहेको थियो । सबटाइटल सहितको सिनेमा हेर्न नर्वे, इटाली, माल्टा, युके लगायतका देशका नेपाली तथा विदेशी दर्शकको उपस्थिति रहेको निर्देशक मिलन चाम्सले बताए । उनले भने, सिनेमाको सफल प्रिमियर पश्चात नेपाली सिनेमा बजारको लागी अर्को ढोका खुलेकोमा खुशी व्यक्त गरे ।
'बोबी'मा उमेश थापा, कविता गुरुङको रियल स्टोरीमा तयार पारिएको हो । उनीहरुकै मुख्य भुमिका रहेको सिनेमामा प्रेम संघर्ष र सफलताको कथामा निर्माण गरिएको छ ।
यो सिनेमामा उमेश र कविताका अलवा विजय लामा, रुवी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, पूर्णिमा लामा, रवि गिरी, सुरविर पण्डित, बादल भट्ट, शिशिर राणा लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।
नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया